भोजपुर | खम्वुवान राष्ट्रिय मोर्चाको भोजपूर जिल्ला अधिवेशन सम्पन्न भएको छ । असोज २ गते खिकामाछा(भोजपुर)मा सम्पन्न जिल्ला अधिवेशनबाट ऋषिधन खम्बूको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । आगामी बर्ष हुन लागेको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि प्रस्तावित खम्वुवान राष्ट्रराज्य भरि अधिवेशन भईरहेको छ । केहि समय अघि मोर्चाका विचलनमा आएका मनोगतवादी र एकलकाटे अराजनीतिक चरित्र बोकेका प्रबृतिहरुको शुद्धिकरण, जागरण अभियानको तिब्रताले अहिले प्रदेश १ को प्रस्तावित खम्बुवान खम्बुवानमय भएको छ ।
देशको बहुमतिय सरकारको गतिविधी र देशको परिघटनाहरुले खम्वुवानलाई आफ्नो अभियान सञ्चालन र संगठन विस्तारका कार्यक्रमहरुमा लगातार सफलता मिल्न थालेको कुरा मोर्चाका नेताहरु बताउँछन् । अव हुने आउदो निर्वाचनमा आफ्नो अर्थपूर्ण उपस्थितीको लागि मोर्चा आफ्नो अभियानमा जुटेको बताउँछन् मोर्चाका उपल्लो तहका नेताहरु ।