मोरङ|खम्वुवान राष्ट्रिय मोर्चाको आगामी हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि मोर्चाको स्थायी समितिको निर्णय बमोजिम सबै जिल्लाहरुमा अधिवेशन सम्पन्न भईरहेको छ । यसै बमोजिम मोरङ जिल्लाको दोश्रो अधिवेशन यहि भाद्र १६ गते सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले रणेन्द्र थिम्राहाङको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । उपाध्यक्षमा क्रमशः आई. बि. खम्बू, ताराजीत खम्बू, रबिन कोयु र सुनिता खम्बू रहेका छन् भने सचिव र सह सचिवमा–राजुदेव राई र सन्तोष खम्बू रहेका छन् त्यसै गरि कोषाध्यक्ष र सह कोषाध्यक्षमा–शशि खम्बू र पदम कुमारी खम्बू रहनु भएको छ । सदस्यहरुमा–नारायण सिंह खम्बू , कमल खम्बू , मणिराज खम्बू , मदन खम्बू , रीता घले , अनिल राई, शिव नारायण धामी, किशोर खम्बू, सौराज खम्बू, उमेश खम्बू, मोहन राई, कमल बहादुर गुरुङ, होम प्रसाद पिठाकोटे मगर, निर्मल गुरुङ, राज खम्बू , पञ्चनन् खम्बू, रणेन्द्र श्रेष्ठ, बसुन्धरा राई, मनिता राई, उषा राई, कमल बहादुर खम्बू, सुमित्रा राई, सनम राई, राज बहादुर राई , दिलिप खम्बू, जस कुमारी राई , भरत खम्बू, बिज्ञान राई, श्याम राई रहेका छन् ।
भजमने प्रवृतिका अराजनीतिक तत्वहरुको भाले मौरिको जस्तै मृत्युवरण
साझा खम्बुवानमा जानको लागि यहाँ थिच्नुस्
निर्वाचित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई बर्तमान राजनीतिक परिस्थिती र मोर्चाको कार्यभार बारे प्रशिक्षण समेत दिईएको थियो । खम्बुुवान राष्ट्र -राज्य निर्माणको लागि मोर्चाले चालेको कार्यनीतिक र रणनीतिक सवाललाई कार्यन्वयन लागि अभियान समेतको थालनी गर्ने कुरा निर्वाचित अध्यक्ष रणेन्द्र थिम्राहाङले बताउनु भयो । खरामोले पूर्ण समाबेसि लोकतान्त्रिक समाजवाद र राष्ट्रिय मुक्ती आन्दोलन लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्ने पार्टी भएकोले लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा आफ्ना कार्य र विधिहरु सम्पन्न गर्दछ । तर केहि समय अगाडिबाट पार्टीका केहि भजमने प्रवृतिका अराजनीतिक तत्वहरुले पार्टीलाई नै विघटन गर्ने जस्ता षड्यन्त्र गरेता पनि अन्ततह उनिहरु मौरीको घारको भाले मौरिको जस्तै मृत्युवरण भएको बताउछन् पार्टीका महासचिव रणेन्द्र बाबा थिम्राहाङ, “एक शब्दमा भन्नु पर्दा भजमने प्रवृतिका अराजनीतिक तत्वहरुको भाले मौरिको जस्तै मृत्युवरण भयो” । खम्वुवान राष्ट्रिय मोर्चाले उठाईरहेको खम्बुवान राष्ट्र- राज्यको मुद्धा कहिल्यै नछाडिने बताउदै केन्द्रीय सचिव राजुदेव राईले “भाले मौरी ज्यामी मौरीहरुले ल्याएको मह खाएर रानी मोैरीलाई नै मार्न खोजे पछि घारका अन्य मौरीहरुको तिरस्कारले खानै नपाई आफै मरे जस्तै पार्टीका राजनीतक ज्ञान समेत नभएका पद मात्र ओगटेर बस्ने लाल्ची, अवोध अप्राकृतिक महात्वाकांक्षा बोक्ने भाले मौरी आफै मरेको बताए । यसले खम्बुवानी आन्दोलनमा कुनै असर र तुक राख्दैन “,सचिव राजुदेवले भने ।