बेलबारी । मोरङको बेलबारीमा सात राजनैतिक दलले कर बृद्धि बिरुद्ध नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अस्वभाविक रुपमा कर बढेको भन्दै स्थानीय कृयाशिल राजनैतिक दलले आईतबार बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीलाई विभिन्न २१ वटा बुदाँमा बेलबारी नगरपालिकाले लगाएको कर संसोधन तथा खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
खम्बुवान राष्ट्रिय मोर्चा ,नेपाली कांग्रेस, संघिय समाजवादी फोरम नेपाल, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जन मुक्ती पार्टी, मञ्च सम्बद्ध संघिय लिम्बुवान पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष, कार्यकर्ता, नागरिक समाज, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थितीमा अस्वभाविक कर बृद्धि बन्द गर, शैक्षिक व्यवस्था कार्य विधि संसोधन गर, एक पक्षिय अनुदान बन्द गर, राजनैतिक कार्यकर्ता भर्ति बन्द गर, वैज्ञानिक ढंगले जग्गाको बर्गिकरण गर जस्ता प्लेकार्ड बोकि नेपाली कांग्रेस नगर पार्टी कार्यालयमा भेला भई सयौं को संख्यामा नारा जुलुस सहित बेलबारी नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो ।
ज्ञापन पत्र बुझ्दै उपप्रमुख पराजुलीले नगरपालिकाले कर नबढाएको तर जनप्रतिनिधि आउनु भन्दा अगाडि नै केहि छुटेका करका विषय वस्तुहरुलाई करको दायरामा ल्याएको जिकिर गरिन । आउदा दिनहरुमा प्रतिपक्ष दलहरुको मागलाई मध्य नजर गर्दै करको दायरालाई वैज्ञानिक ढंगले परिमार्जन गरिने आश्वासन पराजुलिले दिइन । भेलालाई सम्बोधन गर्दै ज्ञापन पत्र हस्तान्तरण कार्यक्रमका संयोजक राजकुमार लिम्बुले सिंह दरबारको अधिकार घर घरमा ल्याएको बहानामा जनताको ढाड सेकिने गरि कर बढाएको भन्दै यो बढाएको कर यथासिग्र नघटाए कडा आन्दोलन गर्ने चेतनावनी दिए ।
दैनिक जीविको पार्जन गर्ने मजदुर, हुदा खाने किसान लाई कर बृद्धिको कारण दैनिक जीविकोपार्जन गर्न कठिन भएको भन्दै यो आन्दोलनलाई बेवस्था गरिए बेलबारी कृयाशिल प्रतिपक्ष राजनैतिक दलहरुले कडा भन्दा कडा आन्दोलन गर्ने र यस बाट हुने क्षतीको सम्पूर्ण जिम्मेवारी नगरपालिका हुने चेतवानी लिम्बुले दिए ।
कार्यक्रममा नेपाली कांग्रेस बेलबारी नगर प्रमुख शम्भु भट्टराई, महासमिति सदस्य महेन्द्रप्रसाद सुवेदी, ललित श्रेष्ठ, क्षेत्रिय सभापति गणेश खड्का लगायतको उपस्थिति थियो । त्यस्तै संघिय समाजबादि फोरम नगर अध्यक्ष तिलक राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नगर अध्यक्ष मनि लिम्बु, राष्टिय जनमुक्ति पाटि नगर अध्यक्ष जीवन ज्योति राई, राष्टिय जनता पाटि नगर अध्यक्ष भरत कुमार चौधरी, संघिय लिम्बुवान बाट नगर अध्यक्ष राम कुमार खुदाङ र खम्बुवान राष्टिय मोर्चा नेपाल बाट नगर अध्यक्ष निर्मल गुरुङको पनि उपस्थिति रहेको संघर्ष समितिका सदस्य सचिव राजुदेव राइले जानकारी दिए ।