खम्वुवान राष्ट्रिय मोर्चाले प्रदेशको नामाङकरणमा खम्वुवान वा खम्वुवान, लिम्वुवान राख्नु पर्ने र त्यसका लागि बृहत जन प्रदर्शन तथा सरकारलाई दवाव दिने जसता कार्यक्रमहरु भाद्र ११ गते बसेको स्थायी समितिको बैठकले निर्णय गरेको छ । मोर्चाले कस्तो कस्तो कार्यक्रमहरु तय गरेको छ भन्ने बारे सार्बजानिक गरेको छैन । ऐतिहाँसिक पृष्ठभुमिको आधारमा नामाङकन हुनपर्ने बताउँदै आएको मोर्चाले आन्तरिक प्रशिक्षण तथा संगठन सुद्रिढिकरण अभियानलाई तीब्र पारेको छ । आदिवासी जनजाती महासंघ, पहिचानमा आधारित संघिय गठबन्धन लगाएत स्वतन्त्र बुद्धिजीविहरुसँग आन्दोन र यसको स्वरुपको बारेमा आन्तरिक र प्रत्यक्ष बहस सुरु गरिएको कुरा पार्टीका पदाधिकारी बताउँछन् । मोर्चाले स्थायी समितिको बैठकबाट सबै केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरुको आ–आफ्नो जिम्मेवारी समेत तोकेको छ । ऐतिहाँसिक आधारमा प्रस्ताव गरिएको खम्वुवान भरि तीक्ष्ण अभियान सञ्चालन भईरहेको मोर्चाका नेताहरु बताउँछन् । सार्बजानिक नै नगरि शुरु गरिएको यो अभियानले आफ्नो माटो(भुमि), रोजगार र अधिकारको बारेमा जनताहरुसँग बहस छलफल र जनताहरुसँगै कार्य योजना निर्माण भईरहेको नेताहरु बताउँछन् । यो अभियान आफैमा नौलो र आज सम्म प्रत्यक्ष जनता र राजनीतिक पार्टीले नगरेको आन्दोलनको स्वरुप मोर्चाले तयारी गरेको दावि गर्छन नेताहरु । हामीले जनताको दैलो दैलोमा गएर बहस, छलफल र आगामी योजनाका बारेमा प्रत्यक्ष जनतासँगको सहभागिता र संलग्नतामा तयारी गरि रहेको छौँ । यो अभियान भनेको वैधानिक रुपमा नेपालको सार्वभौम राष्ट्रिय अखण्डतालाई अक्षुण राख्दै नेपाली सार्वभौमिक्ता भित्र खम्बुवान राष्ट्र राज्य निर्माणको लागि हो । प्रथा चरणमा प्रदेशको नामाङकनको लागि राज्यलाई नैतिक दवाव हो किन कि सरकारले तत्कालिन संघिय गठबन्धनसँग खम्वुवान, लिम्वुवान लगायत राष्ट्रराज्य सुनिश्चित्ताको सम्झौता गरेको छ । यदि राज्य उदासिन्ता रहे परिस्थिती र निर्माण हुने परिवेशको आधारमा नयाँ योजनाहरु तय हुने कुरा नेताहरु बताउँछन्
खम्वुवान राष्ट्रिय मोर्चाले अभियान तयारीको लागि राष्ट्रिय भेला गर्ने
by खम्वुवान | Aug 28, 2018 | खम्वुवान | 0 comments
