+९७७–२५५३३०२८ info@khambuwan.org.np

-धरान/ खम्बुवान राष्टिय मोर्चा नेपाल पाटीले शुक्रबार सुनसरीको रामधुनिमा एक कार्यक्रमको आयोजना गरी बज्रमनी खम्बूको नेतृत्वमा खम्वुवान राष्ट्रिय मोर्चा नेपाल पार्टिको २५ सद्स्यिय सुनसरी जिल्ला समिति गठन भएको छ । बिशेष भेलाले उक्त समिती चयन् गरेको हो । उक्त बिशेष भेलामा प्रमुख अतिथि केन्द्रीय बरिष्ठ उपाध्यक्ष- जय खिम्दुङ, विषेश अतिथि केन्द्रीय महासचिव -रणेन्द्र थिम्राहाङ, केन्द्रीय सचिव- राजुदेव खम्बू , अतिथिहरुमा के.स. कमल गुरुङ, केन्द्रिय सल्लाहाकार-चन्द्रहाङ खम्बू रहनु भएको थियो । खम्बुवान राष्ट्रिय मोर्चाको भेलाले चयन् गरेको सुन्सरी जिल्ला कार्य समितीमा अध्यक्ष- बज्रमणि खम्बू, उपाध्यक्ष -कमल कुमार राई,सचिव -आईतराज तामाङ, सह सचिव मनिता कुलुङ राई,कोषाध्यक्ष –प्रवेश राई, सह कोषाध्यक्ष–चन्द्रमान राई लगाएत अन्य सदस्यहरु रहेका छन् । नवनिर्बाचित पदाधिकारी तथा सद्स्यहरुलाई कार्यकालको बधाई दिदै बरिस्ठ उपाध्यक्ष जय प्रसाद खिम्दुङले आधारभुत प्रसिक्षन् समेत् दिनु भएको थियो । खम्बुवान राष्ट्रिय मोर्चा भित्र धमिरा लागेको र धमिरा हरुले घरको दलिन ,खाबो खान नसकी अाफै मरेको ,अब खम्बुवान सुद्ध भएको समेत् बताउनु भयो ।
खम्बुवानको मुद्धा छाडेर किरात बोक्ने धमिरा हरुको कुनै तुक नभएको र हाम्रो मौलिक पहिचान खम्बुवान लिम्बुवान कहिल्यै नछाड्ने ,रणनैतीक रुप मा हाल किरात लिम्बुवान खम्बुवान को मुद्धा उठाइएको समेत् बताउनु भयो ।